शेर्पा किदुक अमेरिका गोन्पामा अक्टोवर ३० २०२६ देखि नोभेम्वर ०१ २०२६ सम्म तीन दिने “एक करोड बज्र गुरु मन्त्र जप २०२६” कार्यक्रम भव्य एवं श्रद्धापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख धर्मगुरु तथा मुख्य अतिथिका रूपमा टुल्कु पेमा थार्चेन रिम्पोछे को विशेष उपस्थिति रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको यस धार्मिक अनुष्ठानमा सयौं स्वयंसेवक तथा हजारौं श्रद्धालु धर्मप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पहिलो दिन: अक्टोबर ३०, २०२६
कार्यक्रमको पहिलो दिन थल्लेरी शेर्पा समाज को विशेष सहयोगमा सम्पन्न भएको थियो। समाजले खाजा, खाना, प्रसाद, मण्डला कुशुम तथा स्वयंसेवक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको थियो। साथै फुर्वा छिरिङ शेर्पा (सेककस, न्यु जर्सी) बाट चियाको प्रायोजन गरिएको थियो।
दोस्रो दिन: अक्टोबर ३१, २०२६
दोस्रो दिनको कार्यक्रम डुम्जी आयोजक लामा परिवार (जुनवेशी गोन्पा) को सहयोगमा सम्पन्न भयो। यस दिन खाजा, खाना, प्रसाद, मण्डला कुशुम तथा स्वयंसेवक व्यवस्थापनमा सहयोगी संस्थाहरूको उल्लेखनीय योगदान रहेको थियो।
तेस्रो दिन: नोभेम्बर १, २०२६
अन्तिम दिनको कार्यक्रम सेलाङकट्टी समाज अमेरिकाको सहयोगमा सम्पन्न भएको थियो। संस्थाले चिया, खाजा तथा स्वयंसेवक व्यवस्थापनमा योगदान पुर्याएको थियो। छोपाको व्यवस्था याङडी शेर्पिनी (टाक्सिन्दु- सोलु, हाल मास्पेथ, न्युयोर्क) तथा तेन्जिङ तेन्जिङ (सिन्धुपाल्चोक, हाल क्वीन्स, न्युयोर्क) बाट गरिएको थियो। त्यस्तै शेर्पा किदुक महिला समूहले पानीको प्रायोजन गरेको थियो।
खानाका प्रमुख प्रायोजकहरू 
•छोङ्बा खम्बचे (बगाम, सोलु)
•दोर्जी पिनासा (च्याङमितेन, सोलु)
•लाक्पा दोर्जी खम्बचे (शेर्का, सोलु)
•निमा दिकी शेर्पा (मुस्ताङ)
•पासाङ खम्बचे (शेर्का, सोलु)
•दोर्जी शेर्पा (गोली, सोलु)
•जाङबु शेर्पा (सल्लेरी, सोलु)
•फुरी खम्बचे (शेर्का, सोलु)
•तेन्डी शेर्पा (थातेङ, सोलु)
•नुरी शेर्पा (छिरिङ खर्क, सोलु)
•पासाङ दिकी शेर्पा (सल्लेरी, सोलु)
कार्यक्रम सफल बनाउन शेर्पा किदुक अमेरिकाको कार्य समिति, संरक्षण समिति, रिक्सुङ लोप्टा तथा विभिन्न उपसमितिहरू विभिन्न समिति र स्वयंसेवकहरूको योगदानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विशेष गरी आर्थिक संकलन तथा व्यवस्थापन समितिले कार्यक्रम व्यवस्थापन, समन्वय र आर्थिक संकलनमा उल्लेखनीय योगदान पुर्याएको थियो।
आर्थिक संकलन तथा व्यवस्थापन समितिमा:
•दावा जाङबु शेर्पा (लोदिङ, सोलु)
•पेम्बा ग्याल्जेन शेर्पा (खुम्जुङ, सोलु)
•खापा निमा शेर्पा (मोपुङ, सोलु)
•तेम्बा कान्छा शेर्पा (भोटेकोशी, तातोपानी)
•पासाङ निमा शेर्पा (जुनबेशी, सोलु)
•पासाङ शेर्पा (संखुवासभा)
•रिन्जी नुरु शेर्पा (टाक्सिन्दु, सोलु)
•तेन्जिङ शेर्पा (थल्लेरी, सोलु)
•पल्जर शेर्पा (रामेछाप)
•शर्की शेर्पा (कुरिमा, सोलु)
•याङडी शेर्पा (रिङ्मु, सोलु)
•फुर्वा शेर्पा (खुम्बु पासाङ ल्हमु समाज)
•छिङनुरु शेर्पा (खुम्जुङ, सोलु)
लगायतका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
तीन दिने धार्मिक अनुष्ठान सफल पार्न धेरै दातृ तथा सहयोगी महानुभावहरूबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको थियो। कार्यक्रमको अन्तिम दिन टुल्कु पेमा थार्चेन रिम्पोछे बाट दीर्घायु आशिर्वाद तथा प्रसाद ग्रहण गर्न हजारौं श्रद्धालु धर्मप्रेमीहरूको उपस्थिति रहेको थियो।
शेर्पा किदुक अमेरिका सम्पूर्ण सहयोगी संस्था, प्रायोजक, स्वयंसेवक, दातृ महानुभाव तथा सहभागी श्रद्धालुहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। सबैको सामूहिक प्रयास, सहयोग र समर्पणका कारण “एक करोड बज्र गुरु मन्त्र जप २०२६” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
तथागत बुद्धको करुणा र गुरु पद्मसम्भवको आशीर्वाद सम्पूर्ण प्राणी जगतमा फैलिरहोस्। 



