Join Our Mindfulness Programs!
Tashi Delek and Namaskar,
We are thrilled to announce the launch of our mindfulness programs aimed at promoting well-being, reducing stress, and enhancing overall mental health. Whether you are new to mindfulness or looking to deepen your practice, we invite you to join us for these transformative experiences.
For detail, please check below. शेर्पा किदूग अमेरिका न्यू योर्कको

समाथा (Mindfulness)ध्यान अभ्यास कक्षा सम्बन्धी सूचना:

समाथा ध्यान चित्तशुद्धीको साधना हो, जसले मानिसलाई आन्तरिक शान्ति र मानसिक स्पष्टता प्रदान गर्दछ। यो अभ्यासले हाम्रो मस्तिष्कलाई एकाग्रता र चित्तको गहिरो तहमा पुर्‍याएर सकारात्मक सोचको विकासमा मद्दत गर्छ। अध्यात्मिक रूपमा, समाथा ध्यानले हाम्रो मनको अशान्ति हटाउँदै चित्तको वास्तविक स्वरूप अनुभव गर्ने अवसर प्रदान गर्दछ।

समाथा ध्यानले हाम्रो मानसिक सन्तुलनलाई बलियो बनाउनुका साथै अध्यात्मिक विकासको स्पष्ट मार्ग निर्धारण गर्न मद्दत पुर्‍याउँछ। यसले तनावपूर्ण र व्यस्त जीवनका बीचमा पनि दया, प्रेम, र करुणाको भावनालाई सुदृढ बनाउँदै जीवनको सार्थकता अनुभव गर्न मार्गदर्शन प्रदान गर्दछ।

शेर्पा किदूग अमेरिका न्यू योर्कले समुदायका सदस्यहरूको मानसिक शान्ति र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन गर्न प्रत्येक हप्ताको आइतबार एक घण्टा समाथा(Mindfulness) ध्यान अभ्यास कक्षा सञ्चालन गर्ने जानकारी गरौदछौ।

कक्षाको विशेषताहरू:
ध्यानको सही विधि सिक्न अनुभवी गुरु र बिपश्यना साधकहरूद्वारा मार्गदर्शन।
व्यक्तिगत ध्यानको महत्व र यसले गर्ने सकारात्मक परिवर्तनबारे ज्ञान।
सबै उमेर समूहका लागि उपयुक्त र सरल अभ्यासहरू।

कक्षाको स्थान र समय:
स्थान: Sherwi Righsung Lopta
4158 73rd Street, Woodside, NY 11377
मिति: प्रत्येक महिनाको आइतबार
समय: साझ 6:00 बजे देखि 7:00 बजेसम्म

थप जानकारी र नाम दर्ताका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्नुहोस्:-

१.कर्मा लामा( Kyidug’s board member) +१(३४७) ७५१-३९९८
२. +१(७१८)९२५-५०२३
३. +१(३४७)३९३-९७५०
४.+१( ७१८)८६४-१२४२

“आउनुहोस्, हामी सबै मिलेर समाथा ध्यान अभ्यास गरौं र जीवनमा शान्ति, सन्तुलन, र अध्यात्मिक जागरणको यात्रा सुरु गरौं।

The mindfulness programs from Sherpa Kyidug’s schedule and rules are as follows: If you have any questions or queries, please contact Karsang at (347) 393-9750, Lhakpa Gelu at (718) 925-5023, or Lhakpa Wongdu at (718) 864-1242. Thank you

शेर्पा किदुक अमेरिकाले हरेक हप्ता आईतवारको दिन गरिने समथ ध्यान शिबिरको समयतालिका र नियमहरु निम्न बमोजिम रहेका छन. समय तालिका:

  • साँझ ठिक ६:०० बजे हलको ढोका बन्द गरिने छ।
  • पुरानो साधकहरु साँझ ५:३० बजे र नयाँ साधकहरु साँझ ५:५०मा हालभित्र प्रबेश गरीसक्नु पर्नेछ।
  • ६:०० बजेदेखी ६:१० सम्म बिपश्यना ध्यान गुरु आचार्य श्री दोर्जी छिरिङ शेर्पाबाट ध्यानसम्बन्धी मार्गदर्शन हुनेछ।
  • ६:१५ देखी ७:२० सम्म ध्यान साधना
  • ६:४५ मा ५ मिनेट ब्रेक हुनेछ
  • ६:५० देखी ७:२० सम्म ध्यान साधना

ध्यानको समाप्ती पश्यात कुनै सहभागि अभ्यास कर्ताहरुको प्रश्न वा जिज्ञासा छ भने हामी केही समय अर्थात १५ मिनेट समय राखेर वहाँहरुको उत्तर दिने प्रयत्न गर्दछौ,सो अवधिमा कृपया एउटा प्रश्नको उत्तर समाप्ती पछी मात्र अर्को प्रश्न राखिदिनु होला.

ध्यान शिबिरलाई प्रभावकारी बनाउनका लागि शील र अनुशासनलाई विशेष प्राथमिकतामा राखिनेछ।
शीलको अभ्यास: ध्यानको सफल अभ्यासका लागि पाँच शीलको पालन अनिवार्य छ।

  • प्राणी हत्याहिंसा नगर्ने
  • चोरी नगर्ने
  • कामवासना अर्थात अश्लिल विचार र कुकृत्य नगर्न।
  • झूठ नबोल्ने
  • कुनै पनि नशालु पदार्थको सेवन नगर्ने मौनता (Noble Silence) को पालना
  • ध्यानको सम्पूर्ण अवधि भर मौनता पालन गर्नु पर्नेछ।
  • अनावश्यक बोलचाल, सांकेतिक संकेत, वा शरीरको हाउभाउद्वारा अरुको ध्यानलाई बाधा पु-याउने कार्य निषेद गरिएको छ।
  • फोन अथवा कुनै पनि एलेक्ट्रोनिक बस्तुहरु पूर्णरुपमा स्विच आफ गर्नु पर्नेछ। समयपालन:
  • ध्यानको समयमा समयमै उपस्थित हुनुपर्नेछ।
  • निर्धारित समयसम्म ध्यान कक्षमा बस्नु पर्नेछ। ध्यानको वातावरण: • साधारण र आरामदायी वस्त्र लगाउने जसले गर्दा ध्यान एकाग्रतामा मद्घत मिल्दछ.
    • ध्यानस्थलमा शान्त र अनुशासित व्यवहार प्रदर्शन गर्ने।
    • ध्यान स्थललाई सफा र पवित्र राख्न ध्यान शिक्षकको निर्देशन पालन: • ध्यान प्रक्रिया शिक्षकले दिएका निर्देशनअनुसार गर्ने।
    • कुनै पनि व्यक्तिगत विधि वा अभ्यासलाई समथ ध्यान शिबिरमा समावेश नगर्ने।

यो बिपस्सना ध्यान बिधी कुनै धर्म बिशेष नभएर सबै सम्प्रदायकाहरुले अभ्यास गर्ने एउटा साझा र सार्वजनिक ध्यान साधना बिधी हुनाले यो एक प्रकारले जीवन जिउने कला हुन।

यस साधना सम्बन्धी कुनै बिस्तारपुर्बक केही जानकारी वा जिज्ञासा राख्न इच्छुक महानुभावहरुले व्यवस्थापन पक्षका सल्लाहकार,बिपश्यना अभ्यासी कर्सँग शेर्पा सँग ३४७३९३९७५० मा संपर्क राख्न सक्नुहुनेछ। भवतु सब्ब मंगलम 🙏

Live Chat