युरोपमा दाँत नकोट्याउनु
आँखा न मिच्नु
हाई न गर्नु, आङ नतान्नु
नाक-मुखतिर औँलो नपुर्याउनु
उनीहरू त्यस्तो मन पराउँदैनन् ।>
<फेर िभन्थ्यो-
युरोपमा नखोक्नु, खोके पनि कतै नथुक्नु
हाच्छ्यूँ नगर्नु, नडकार्नु, जीउ नतन्काउनु
उपरखुट्टी लगाएर नबस्नु
घरघिर िउनीहरूसँग केही पनि सोधिनरहनु
उनीहरू त्यस्तो मन पराउँदैनन् ।>
<पाइलैपिच्छे ऊ सम्झाइरहन्थ्यो-
ट्वाल्ल परेर नहेर्नु-म्वाई खाइरहेकाहरूलाई
बाटो काट्दा रातो, नीलो बत्ती ध्यान दिनु
माग्नेहरूबाट जोगिनु
मोटाहरूबाट तर्किनु ।>
<बाटाभर िसम्झाइरहन्थ्यो ऊ-
तिमी जहाँ पुग्छौ, त्यहीँको हुनु
जीउ यहाँको, मन घरको कहिल्यै नहुनु
खुब खानु
खान नसक्ने मान्छे मन पराउँदैनन् उनीहरू ।>
<धेरै नहाँस्नु, ठूलो स्वरले नबोल्नु
बाटो हिँडिरहेकाहरूलाई नकोट्याउनु
उनीहरू राम्रो मान्दैनन् यस्ता कुराहरू ।
तर, उसले कहिल्यै भनेन-
वास्तवमा के राम्रो मान्छन् उनीहरू ।>
<यो त झन् भन्दै भनेन-
सास विस्तारै फेर्नु वा फेर्दै नफेर्नु ।
त्यसैले, यो अन्तिम नभनिएको
कुरा मात्र म गररिहेको छु
सास फेररिहेको छु
मस्तसँग सास फेररिहेको छु>।
Mingma ji tapai pani Europe/America ma bahunjel samma ta taso gardo holani. Nepal gaya pachi ta tai ho Nepali ko bani.................... tapai ko kabita ko tik biparit.