USERNAME
PASSWORD
Remember me
Users Online :   137
Registered Members : 2951
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Breaking News > राज्य पुनसंरचना समितिबाट शेर्पा स्वायत्ता प्रदेश पारित
There are 10 messages in this thread.
This thread has been viewed 1221 times.

himal             Reply | Notify Admin
 1/20/2010 9:22:42 AM


संघिय नेपालमा शेर्पा स्वायत्ता प्रदेश: सवाल र सरोकार
पृष्ठभुमि
बिश्व मानचित्रमा नेपाल एसिया महाद्दीपको दक्षिणी भुभागमा अबस्थित रहेको मुलुक हो। उतरमा चीनको स्वाशासित क्षेत्र तिब्बत र दक्षिणमा भारत अबस्थित रहेको छ । परापुर्बकालदेखि यहाँ बिबिध जाति, भाषाभाषी, धर्मालम्बी, साँस्कृतिक समुदायहरु रहदै आएका पाउछौ । जसमध्ये शेर्पा जाति पनि नेपालको सन्दर्भमा बिशिष्ट पाहिचान बोकेका परापुर्बकालदेखि भौगोलिक रुपमा नेपालको उतरी भेगका हिमाली क्षेत्रमा जनसंख्याको हिसावले सघन रुपमा बसोबास गरी आएका आफ्नै भाषा, सँस्कृति, मौलिक किसिमको जीवनशैली रहेका शान्तिप्रेमी भगवान बुद्दका अनुयायी सिंगो मुलुकले नै गर्ब गर्न लायकको ऐतिहासिक धरातल बोकेको जाति शेर्पा जाति हो ।   
मुलुक एकात्मक, केन्द्रीकृत शासन प्रणालीबाट भावी संबिधानमा संघात्मक समाबेशीय ढाँचामा जाने निश्चित भई सकेको    छ । संघीयतालाई मुर्तरुप दिन राज्य पुन संरचना समितिले पहिचान र सामर्थ्यलाई आधार मानेको छ जसमा जनसंख्या, भौगोलिक, ऐतिहासिक निरन्तरता आर्थिक संभाब्यता जस्ता कुराहरु राखिएका छन् भने सामर्थ्यको आधार अन्तर्गत आर्थिक अन्तरसम्बन्ध पुर्बधार बिकाशको अबस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता र प्रशासनिक सुगमतालाई लिईएको छ ।   
पहिचान र सामर्थ्य आधारित स्वायत्त, स्वाशासित तथा अधिकार सम्पन्न प्रदेश निर्माणको सिलसिलामा शेर्पा जातिका सम्बन्धमा यथेष्ट मात्रमा पहिचान र सामर्थ्यका आधारहरु उपलब्ध गराउन सकिन्छ ।
शेर्पा स्वायत्त प्रदेशका पहिचान र सामर्थ्य आधारहरु:-
१.माथि उल्लेख गरिए झैं सदियौ देखि निरन्तर रुपमा बसोबास गर्दे आएका शेर्पा जातिको साझा बिशाल भुगोल साझा जीवन पद्दति ।
२.जनसंख्यालाई नै आधार मान्ने हो भने पनि चार लाख भन्दा बढी जनसंख्या हुनु ।
३.अदिमकाल देखि निरन्तर रुपमा यही क्षेत्रमा बसोबासमा निरन्तरता ।
४.बिशिष्ट किसिमको भाषिक, धार्मिक र साँस्कृतिक पहिचान ।
५.नेपालको उतर पुर्बी हिमाली भु-भागमा शेर्पा जनसंख्याको बाहुल्यता ।
६.पर्बातारोहण, पर्या-पर्यटन ब्यबसायमा अन्तराष्ट्रिय स्तरमै ख्याति कमाएका र राष्ट्र हितमा अतुलनिय भुमिका निर्बाह गरेका ।       
७.राष्ट्रिय अर्थतन्त्र माथि उठाउन बिशेष टेवा पुर्याएका ।
८.सदियौं देखि राज्य संरचनामा समाहित हुन नपाएका, राजनैतिक, सामाजिक, आर्थिक बहिष्करण, बंञ्चितिकरण, सिमान्तकरणमा परेका र बर्गिय उत्पीडनमा भोगेका ।
९.देश मेरो हो राज्य मेरो होईन भन्ने हिजाका भावनालाई त्याग्दै आफ्ना पहिचान र राज्य संरचनामा सेर्पा जातिको अधिकार सुनिश्चत गर्दे राज्यको मुलप्रवाहमा समाहित हुने    भावनाबाट शेर्पा जाति प्रचुर रुपमा प्रेरित भएका ।
१०.शेर्पा जातिका बसोबासको बाहुल्यता रहेको स्थानमा जैबिक बिबिधताको प्रचुर मात्रमा उपलब्धता ।
११.बिश्वकै लामा हिमनदीहरु यही प्रदेशमा भएकाले बिधुत बिकाशमा प्रबल संभावना र एसियामै पहिलो प्रबिधिका रुपमा यही क्षेत्रमा प्रयोग हुनु ।
१२.बिश्वको १४ हिमशिखर मध्ये ८ वटा यसै स्थानमा अबस्थित सलामी दस्तुर बापत सलामी दस्तुर बापत १९ अरब भन्दा बढी मुलुकलाई आम्दानी ।   
१३.बाहिरी क्षेत्रकाहरुलाई समेत पर्यटन, होटल, गलैचा उधोग आदिमा रोजगारीको अबसर प्रदान भएकाले ।
१४.हिमाली जिल्ला भईकन पनि सुगम जिल्ला भन्दा बढी बिदेशी मुद्रा ( Remittance)    भित्रिने भएकोले ।
१५.बिश्व सम्पदा सुची (UNESCO World Heritage)मा रहेका धेरै बिश्व सम्पदा जस्तै गुम्बा, गुठी, देब देवालया जस्ता ऐतिहासिक धरोहरा यसै स्थानमा रहनु ।
१६.प्रशासनिक सुगमता जस्तै बिधुत, संञ्चार, यातायातको प्रयाप्त बिकाश र आर्थिक रुपले आत्मनिर्भर ।
१७.स्वास्थ्य क्षेत्रमा मुलुककै नमुना अस्पतालहरु यही अबस्थित हुनु ।   
१८.बिश्व कीर्तिमानका कयौ स्थान यही अबस्थित रहनु साथै बिश्व कीर्तिमान (Guineas World Record) कायम गर्ने बहुसंख्यक नेपाली यही हुनु ।
१९.बिश्व सुचीमा रहेका बन्यजन्तु आरक्ष र लोपोन्मुख बन्यजन्तु रहेकाले ।
२०.चीनसंग सीमा जोडिएकोले अन्तराष्ट्रिय ब्यापारको लागि सहजता र छिमेकी मुलुकसंगको सौहर्दता ।
२१.पशुपालनमा मुलुककै नमुना उत्पादन भएकोले दुग्ध उत्पादन लगायत डेरी उत्पादनमा आत्मनिर्भरताको साथै बजारको उपलब्धता ।
२२.बिश्वकै अग्लादेखि उर्भरा भुमि समेत भएकोले कृषिमा बिबिधता र आत्मनिर्भरता ।   
२३.चौरी, भेडापालन र उनी कताईबाट बिश्व स्तरिय गलैचा र राडी पाखीको उत्पादन ।
२४.अन्तराष्ट्रिय मापदण्ड अनुरुपको आफ्नै जीवन पद्दति परम्परागत ज्ञान र सीप Traditional Knowledge) र बौद्दिक सम्पति (Intellectual Property) यस समुदायमा बिधमान रहेकोले ।
२५.महिला पुरुष बराबर भन्ने सम-भाव भएको शिक्षा लगायत अन्य क्षेत्रमा महिला पुरुष समान स्थिति र अन्य सम्प्रदायप्रति सहिष्णुताको भाव भएको जाति ।
२६.नेपाललाई बिश्वमा चिनाउने पर्बतमालाहरु अधिक मात्रमा शेर्पा भाषामा नै नामाकरण हुनु ।
२७.यातायातको सुगमता
क, रोपवेको संभावना
ख, मुलुककै सबैभन्दा बढी बिमान स्थलको उपलब्धता (मुलुककै सम्पुर्ण बिमान स्थलको घाटा यहीको बिमान स्थलले पुर्ति गरिदिनु ) ।
यस लगायत हामीले अन्तराष्ट्रिय अनुभवहरुलाई पनि उदाहरणको रुपमा लिन आवश्यक हुन्छ । बिश्वको बिकसित मुलुकहरुमध्ये एक क्यानाडामै पनि त्यहाँ पैतिस हजार भन्दा कम जनसंख्याका युकोन( Yukon) र नुनाभुट ( Nunavut ) जस्ता प्रदेशहरु पनि छन् कारण उनीहरुले भुगोललाई मुल आधार बनाएका पाईन्छ भने संयुक्त राज्य अमेरिकाको वायोमिङ ( Wyoming ) जस्ता प्रदेशमा पाँच लाखको हाराहारीको मात्र जनसंख्या छ यसैको तुलना गर्ने हो भने क्यानाडामा क्युबेक ( Québec ) र अन्तरियो ( Ontario) का जनसंख्या करोडौको हाराहारीमा पाईन्छ भने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया र    टेक्सासको जनसंख्या क्रमश: तीन करोड साठी लाख र दुई करोड पचास लाख रहेको अबस्था छ । यो सिंगो नेपालकै भन्दा बढी छ यहाँ यहाँ प्रसंग किन जोडन आवश्यक छ भने यदि जनसंख्याको बिषमतामा पनि भुगोललाई आधार मानी राज्य या प्रदेश बनाउन सकिन्छ भने नेपालको सन्दर्भमा किन लागु हुन सक्दैन ? जबकि शेर्पा जातिको हकमा पहिचान र सामर्थ्य{का दुबै आधारहरु प्रयाप्त छन् । यसै सन्दर्भमा पनि यदि जनसंख्यालाई मात्र आधार मान्ने हो भने किन तराईकै समथर भुभागमा धेरै भन्दा धेरै प्रदेशहरु निर्माण गरिदैन ? भन्ने बिबादास्पद प्रश्न पनि प्रखर रुपमा उठिरहेको पाईन्छ ।
यसै सिलसिलामा शेर्पा स्वायत्ता प्रदेसको लागि पहिचान र सामर्थ्यका आधारहरु जनसंख्याको हिसाबले सघनबस्तीको रुपमा रहेको र भुगोलको आधारमा प्रयाप्त मात्रमा क्षेत्रफलमा रहेको ऐतिहासिक निरन्तरताको सवालमा हजारौ बर्षदेखि बसोवास गरिआएको लगायत पहिचान र सामर्थ्यका यथेष्ट आधारहरु राज्य पुनसंरचना समितिको सदस्यको नाताले जोडदार रुपमा उठाईएको कुरा सहर्ष स्मरण गराउन चाहान्छु । यसैको परिणाम स्वरुप २०६६ माघ ६ गते समितिबाट पास समेत भईसकेको ब्यहोरा यहाँहरुमा सगर्वका साथ जानकारी गराउन चाहान्छु ।
शेर्पा स्वायत्ता प्रदेशको सिमांकन
पुर्बमा ताप्लेजुङ देखि पश्चिममा सिन्धुपाल्चोकसम्मको भु-भागलाई शेर्पाजातिको बाहुल्यता भएकोले शेर्पा स्वायत्ता प्रदेशको रुपमा राखिएको छ शेर्पाहरुको अधिक जनसंख्या रहेको जिल्लाहरुमा सोलुखुम्बु, भोजपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, ताप्लेजुङ, वखलढुंगा, संखुवासभा, खोटाङ, तेह्रथुम, सुनसरी, धनकुटा, ईलाम र काठमाण्डौं लगायत २६ भन्दा बढी जिल्लाहरु पर्दछन् ।
प्रस्ताबित खाकामा लिम्बुवान प्रदेश, किरात प्रदेश, ताम्सालिङ प्रदेश, कोचिला प्रदेश, मिथिला प्रदेश, नेवा प्रदेश, शेर्पा प्रदेश, बुद्द प्रदेश, तमुवान प्रदेश, मगरात प्रदेश, थरुहट प्रदेश, कर्णाली प्रदेश, महाकाली प्रदेश गरी जम्मा १३ वटा प्रदेशहरु प्रस्तावित गरिएको छ
हाल राज्य पुनसंरचना समितिमा उपसमितिले    ६ र १४ प्रदेश प्रस्तावित गरिएको ब्यहोरा यहाँहरुमा अबगत नै भएको कुरा हो झिनो संख्याका सभासदबाट जातियतालाई आधार बनाउन नहुने तर्क उठिरहेको छ भने जातिय आधार नै हुनु पर्ने बिषयमा पनि ध्वनि आवाज उठिरहेको छ । शेर्पा स्वायत्ता प्रदेशको सवालमा सबै सभासद मित्रहरुलाई सशक्त पैरवी पनि भैरहेको छ ।
निष्कर्ष
२४० बर्ष भन्दा अगाडि देखि राज्यको बिभेदकारी नीतिका कारण राज्य संरचनामा समाहित हुन नपाएका, राजनैतिक, सामाजिक, आर्थिक रुपले बहिष्करण, बंञ्चितिकरण, सिमान्तकरणमा परेका र बर्गिय उत्पीडन भोगेका आदिबासी शेर्पा जातिहरु राज्यले नियतबश: रुपमा बिभेदमा पारी राज्यका हरेक संयन्त्रमा शेर्पा जातिको उपस्थिति सुन्यप्रया: राखेका अबस्थामा छन् । भौगोलिक रुपमा उच्च हिमाली भु-भागमा रहेका शेर्पाहरुलाई राज्यको सिमांकन गर्ने नाममा बिभिन्न जिल्लामा खण्डित गरी सामाजिक संरचनालाई अलगथलग गर्ने काम भयो र राजनैतिक पहुँचबाट निस्तेज नै पारियो भने भाषा, धर्म, सँस्कृतिलाई नामेट गर्न एक देश, एक भाषा, एक भेषको नीति अबलम्बन गरियो ।
सदियौं देखिको बिभेदको क्षतिपुर्ति स्वरुप जनसंख्याको हिसावले चार लाख भन्दा बढी संख्यामा नेपालको उतरी भेगमा ठुलो भु-भागमा अदिमकाल देखि बसोबास गरी आएका आफ्नै भाषा, सँस्कृति, मौलिक किसिमको जीवनशैली रहेका शान्तिप्रेमी भगवान बुद्दका अनुयायी सिंगो मुलुकले नै गर्ब गर्न लायकको ऐतिहासिक पृष्ठभुमि बनाएका शेर्पा जातिको आत्मनिर्णयको अधिकार सहितको समाबेसी स्वायत्त प्रदेश हुनु अनिबार्य अपरिहार्य नितान्त आवश्यक रहेको छ । यसर्थ सम्पुर्ण शेर्पाहरु एकताबद्द भई यस ऐतिहासिक कार्यमा लाग्नु आवश्यक रहेको कुरा यहाँहरुमा राख्न चाहान्छु साथै संबिधान सभामा राज्य पुनसंरचना समितिको सदस्यको नाताले शेर्पा स्वायत्ता प्रदेश प्राप्तिको लागि आफुले खेल्न पर्ने भुमिकाको सवालमा कुनै कसर बाँकी नराख्ने कुरो यहाँहरुमा जानकारी गराउन चाहान्छु
लक्की शेर्पा संबिधान सभा सदस्य
(राज्य पुनसंरचना समिति)






 
 
himal             Reply | Notify Admin
 1/21/2010 6:01:30 AM


CA panel shapes 14 federal units
The Himalayan Times - Saved Articles(s)
Arjun Bhandari
KATHMANDU: The Constituent Assembly Committee on State Restructuring and Distribution of State Power today decided to present revised 14 federal units to the CA full House. The committee also passed the capitals of all the federal units.
A five-member sub-committee headed by Maoist CA member Hitman Shakya had come up with two separate models of federal units but the 43-member state restructuring committee decided to present only one model of 14 units with a majority vote. Out of the total 42 members present during the voting, 24 voted in favour of the revised 14 federal units, which were carved out on “identity” basis, while 15 others went against the motion.
The CA members who went against the models of 14 federal units demanded that the committee should present both the proposals prepared by the Shakya-headed sub-panel to the CA full House. Another model of having six federal units was proposed by the Nepali Congress on the principle of their “functional capability”.
Chairman of the committee, Lokendra Bista, said the committee would present the 14 models of federal units as official version of the committee and other CA members could also attach their views separately in the concept paper in the full CA House. It was the last committee to present its concept paper and preliminary report to the CA.
The revised 14 states include Khaptad, Karnali, Lumbini-Awadh-Tharuwan, Magarat, Tamuwan, Narayani Region, Mithila-Bhojpura-Koch-Madhes, Newa:, Tamsaling, Sunkoshi, Limbuwan, Khumbuwa, Jadan and Sherpa.
Shakya said some of the existing village development committees could be adjusted into either of the federal units after consultation with the technical team and the concerned CA members. The Madhes-based parties, however, objected to the idea of creating Narayani Region that has been proposed between the Mithila-Bhojura-Koch-Madhes and Lumbini-Awadh-Tharuhat states. They had demanded to include the existing Chitwan district either in the Mithila or the Tharuhat states.
Commenting on the committee’s decision, JP Gupta, a CA member of the Madhesi Janaadhikar Forum, condemned the major parties for dividing the entire Madhes into two federal units creating Chitwan as a separate region. Shakya said the Narayani region could be developed as a centrally-governed state.
Shankar Pokharel, a UML CA member, said there should be a constitutional guarantee that all the federal units would be functioning under universal values of democratic principles. The report would be presented to the CA Chairman Subas Chandra Nembang on Friday, according to the committee chairman.

 
 
NimaTendiFrance             Reply | Notify Admin
 1/22/2010 12:46:59 PM


I really hate this Nepal political. what is sherpa pradesh? That means is there not other cast ex. Rai, tamang etc. so I think your creating civil war in future in nepal. please don't do this kind of bull seat things ok?
you guyes better to talk about this dirty kathmandu capital, how to make clean city etc ok?
 
 
himal             Reply | Notify Admin
 2/1/2010 2:59:17 AM


शेर्पा स्वायत्ता प्रदेशमा परेका गा. बि.स. हरु
सोलुखुम्बु
भकान्जे, चौलाखर्क, चौरीखर्क, गार्मा, ताप्टिङ, केरुङ, तामाखानी लोदिङ, नाम्चे, सल्लेरी, टाक्सिन्धु, गोली, बेनी, जुबिङ, खुम्जुङ, गोराखानी,
वखलढुंगा
बर्नालु, भुसिङगा, बिगुटार, झन्तरखानी, पाल्ट, रावादोलु,
संखुवासभा
मकालु
सिन्धुपाल्चोक
तातोपानी, घोरथली, गुम्बा, लिस्तिकोट, फुल्पिकट्टी
दोलखा
अलाम्पु, बिगु, बुलुङ, चिलिङखा, गौरीशंकर, खारे, लामाबगर, मार्बु, आरांङ
जम्मा सैतिस    गा. बि.स. हरु परेका छन भने छुटेकोमा
रामेछाप पुरै गुम्देल, बाम्ती भण्डार, चुचुरे, ठोसे, कुवु कास्थली, प्रीति।
भोजपुर पुरै खाटम्वा, किमालुंङ
वखलढुंगा रागादिप, खिजीफलाटे ।
सोलुखुम्बुमा लोखिम ९, ५    सोताङ ६,१ , जुबु ८ गुदेल ५, ६    छेस्कम९ बुङ९ पावै ९ वाकु ९, नेले १ तिङला ८ काँकु २,३
सि. पा. जिल्लामा छुटेको मार्मिङ र गाती ।
दोलखामा छुटेको
जिरी, लादुक, चँखु, सुरी, झ्याकु, श्यामा, माली ।
संखुवासभा
नुनढाकी, नुम, किमाथांका,






 
 
europe             Reply | Notify Admin
 2/2/2010 4:19:44 AM


संबिधान सभाको    राज्य पुनसंरचना समितिमा प्रस्तावित १४ स्वायत्त प्रदेस    अन्तर्गत कथाम्कदाचित शेर्पा स्वायत्त प्रदेश प्राप्त बएमा, यस्का चुनौतीहरु ,

-अदिमकालदेखि निरन्तर रुपमा यही क्षेत्रमा बसोबासमा निरन्तरता दिदै आएका शेर्पाहरु जो काठमाडौं बसोबास गर्दै आउनु बएको छ,उहहरुलाई गाउमा फर्किने बातावरण बनाउन असम्बब छ।   
-बिशिष्ट किसिमको भाषिक, धार्मिक र साँस्कृतिक पहिचान बोकेको शेर्पा सस्कृतिलाई सम्बर्दन गर्नु एकदम गाह्रो छ किनबने अदिकाम्स शेर्पा हरुले आफ्नो घरमा शेर्पा बासा बोल्दाइनन,सोलुखुम्बुको चौरिखर्क,खुम्जुङ र नाम्छे गाबिस बाहेक अरु बेग्मा शेर्पा बास तेती बोल्दाइनन। सजिलो को लागि सबै जना नेपाली खस बासा नै बोल्न रुचौचन। हाम्रा सोलुखुम्बुका एक युबा नेता जो हिम्माली स्वएत्त प्रदेश र शेर्पा बासा सम्बन्धमा वाकलत गर्दै आउनु बएको छ उहालाई पनि शेर्पा बास बोल्न आउँदैनन।           
-पर्बातारोहण, पर्या-पर्यटन ब्यबसायमा अन्तराष्ट्रिय स्तरमै ख्याति कमाएका र राष्ट्र हितमा अतुलनिय भुमिका निर्बाह गरेका हाम्रा शेर्पा दाजु भाई हरु जो आफ्नो मात्री भुमिलाई माया मारेर बिदेस्मा बसिरहनु बएको छ,उहाहरुलाई नेपाल फर्कने प्रोत्सहन गर्नु एकदम गाह्रो छ किन बने यूरोप र अमेरिकामा बस्ने हामी नियम, कानुन, सिस्टम र अनुशासन को दाँयारा बित्र बस्ने बानी बसिसकेको हुन्छ जुन नेपालमा लगबग असम्बब हुन्छ।               
-देश मेरो हो राज्य मेरो होईन भन्ने हिजाका भावनालाई त्याग्दै आफ्ना पहिचान र राज्य संरचनामा सेर्पा जातिको अधिकार सुनिश्चत गर्दे राज्यको मुलप्रवाहमा समाहित गराउन    एकदम गाह्रो छ एस्का लागि Education को आवश्यकता पर्छ जुन Education    शेर्पा स्वत्त प्रदेसको सैशिक पूर्वदार् ले पुरा गर्न गाह्रो हुन्छ।
-बिश्वकै लामा हिमनदीहरु यही प्रदेशमा भएकाले बिधुत बिकाशमा प्रबल संभावना र एसियामै पहिलो प्रबिधिका रुपमा यही क्षेत्रमा बयता पनि लगानी गर्न बिदेसीकै मुख ताक्नु पर्ने हुन्छ।   
-बिश्वको १४ हिमशिखर मध्ये ८ वटा यसै स्थानमा अबस्थित हिम्सिखरहरुको सम्रक्चन गर्नु, पर्यटन ब्यबसायी र होटेल तथा लजहरुलाई ब्यबस्थिन गर्न सक्नु अर्को चुनौती छ।   
-बिश्व सम्पदा सुची (UNESCO World Heritage)मा परेका स्थान हरुमा अनियमित र गैर्कानुनी रुपमा निर्माण बएका होटेल लजहरु हतौउनु।       
-नेपालमा जुनसुकै    क्षेत्र र सङ् संस्था हरुमा राजनीतिकरन बएको छ र बोली यो Trend
यहाँ पनि हाबी बएमा जनतामा निरासा    र प्रतिसोद को भावना पैदा बै आन्दोलन बन्द र हतताल गर्न थालचन जस्ले एक्मात्रा मुख्य अंदानीको श्रोत पर्यतन लाई प्रत्यक्छ असार पर्छ र अर्थतन्त्रमा असार पर्छ। तेसैले यस्ता कुराहरुलाई बिचार    गर्नु आवश्यक छ।

मलाई आशा छ हाम्रा शेर्पा सवासतहरु जो पुरै शेर्पा जाती को प्रतिनिदित्व गर्दै सम्बिदान सबामा हुनुहुन्छ उहाहरुले र हाम्रा शेर्पा politician हरु जो बिबिन्न ससंस्था,राज्नितिक दल तथा सरकारी कार्यालयहरुमा आबद्द हुनुहुन्छ उहाहरुले यि कुरा हरुलाई बिचार    पुरेउनुहुन्छ बन्ने लागेको छ।
 
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
jk_sherpa 11:51:22 PM
jk_sherpa 11:41:06 PM
khoriyakhambache 10:55:30 PM
khoriyakhambache 10:55:28 PM
khoriyakhambache 10:55:24 PM
khoriyakhambache 2:19:26 PM
khoriyakhambache 2:19:21 PM
chopel 9:28:15 AM
chopel 8:26:32 AM
LhakpaGelu 1:50:09 AM
Chhophel 1:25:53 AM
fsherpa 12:26:39 AM
RigsyungLopta 10:57:32 PM
nischal 10:09:02 PM
sherpaktm 9:47:01 PM
nsherpa 8:57:08 PM
nlama60 8:20:03 PM
hemsherpa 2:51:24 PM
hemsherpa 12:58:33 PM
badrex99 11:35:45 AM
bajra 7:29:24 AM
sherpaktm 4:57:24 AM
atsnamche 4:24:09 AM
kilyan 2:49:48 AM
himalibabu 12:33:13 AM
SSherpa 9:23:42 PM
lions 3:25:35 PM
badrex99 12:24:04 PM
dtsherpa 11:14:52 AM
lhakpagelu 11:07:58 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug