"बेल्जियम शेर्पा किदुगले ल्हप्सु र ल्होसार भव्यताका साथ् मनाउने "
यहि आउँदो फेब्रुवरी २१ तारिखका दिन २१३७ सौं ताकल्हो ल्होसार को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा दाज्युभाई तथा दिदीबहिनी हरुका साथै सम्पूर्ण नेपाली हरुको सु-स्वास्थ्य , दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनाको निमित्त उक्त दिन बेल्जियम स्थित हुइ गुम्बामा ल्हप्सु मनाउने कार्यक्रम तय भएकोछ जसको लागि एन्त्वर्प बाट बिहान ९ बजे र ल्युभन बाट १० बजे र फर्कने समय वेलुकी ५ बजे निश्चित गरिएको छ !
त्यसैगरी २१३७ सौं ल्होसार को पावन अवसरमा शुभकामनाको आदान प्रदान गर्ने उद्देश्यले बेल्जियम शेर्पा किदुगकै आयोजनामा मार्च ६ तारिख का दिन विविध मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमका साथ् ल्होसार मनाउने निर्णय भएको छ उक्त कार्यक्रमको लागि नेपाल, अमेरिका ,स्पेन बाट समेत ख्यातिप्राप्त शेर्पा कलाकारहरु आउनुहुने भएको छ र उहाँ हरुलाई लाइ बेल्जियमका स्थानीय कलाकारहरुले सघाउनुहुने भएको छ जसानुसार नेपाल बाट डी .जे.तेन्जिंग र फुटीमा शेर्पा , अमेरिका बाट देन्डी शेर्पा , स्पेन बाट पेम्बा छोटी शेर्पा आउंदै हुनुहुन्छ ! यस अवसरमा विशेष गरि युरोप भरि छरिएर वस्नुभएका शेर्पा दाज्युभाई तथा दिदीबहिनी हरु लाई यस ल्होसार कार्यक्रममा सहभागी भैदिन हार्दिक अनुरोध गर्दछौ !
इच्छुक महानुभावहरु लाई अन्य जानकारीको लागि निम्न महानुभावहरु सित सम्पर्क राख्न अनुरोध गर्दछौं !
कार्यक्रम को रुप रेखा
१४ बजे देखि १७ बजे सम्म परिचयात्मक र शुभकामना आदान प्रदान
१७ बजे बाट ल्होसार स्टेज कार्यक्रमहरु ... बिहान सम्म
स्थान : ONS HUIS GOUDBLOEM STRAAT - 20 leuven
प्रवेश शुल्क : 20 € मात्र ( बेल्जियम वासी हरुको लागि मात्र )
विशेष जानकारी :: मार्च १३ तारिख का दिन बेल्जियमको समुन्द्री तट मा पहिलो पटक पानीजहाजमा डी .जे.तेन्जिंग को सांगीतिक डिस्को कार्यक्रम हुने पनि पुर्व जानकारी गराउँदछौँ !!!
Dear chairman,all executive member of beljium sherpa kyidug and all sherpa from beljium we wish you all very very happy taklo losar 2137 it is very good idea to celebrate the festival,hope we will catch u there.
Hello Sonam dai and Entire Sherpa Kyidug Belgium Pariwar !
Firstly Wishing you all a very happy and lovely LOSAR! I believe this program will be a successful one... I really miss this show.
Hope to see u soon in future...
with lots love and care.
Palden Sherpa & Namaste Entertainment Pariwar
Kathmandu, NEPAL.